(१) विष्फोटक पदार्थको उत्पादन वा कारोबार गर्न इजाजत प्राप्त गरेको व्यक्तिले त्यस्तो पदार्थको उत्पादन, निर्माण, तयारी वा कारोबार गर्दा प्रत्येक पटक उत्पादन वा कारोबार गरेको प्रत्येक विष्फोटक पदार्थको छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका विवरण खुलाउनु पर्नेछ :–
(क) के कस्ता विष्फोटक पदार्थ, के कति परिमाणमा उत्पादन, तयारी वा निर्माण भएको हो, सो कुरा,
(ख) विस्फोटक पदार्थको कारोबार भएको भए के कस्तो प्रयोजनका लागि कारोबार भएको हो,
(ग) विस्फोटक पदार्थ बिक्री वितरण भएको भए कुन व्यक्तिलाई के कस्तो प्रयोजनका लागि के कति परिमाण बिक्री वितरण भएको हो ।
(३) उपदफा (१) बमोजिम राखिएको अभिलेख बिस्फोटक पदार्थको कारोबार गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारी, मुद्दाको तहकिकात वा अभियोजन गर्ने अधिकारी वा मुद्दा हेर्ने अधिकारीले मागेका बखत उपलब्ध गराउनु पर्नेछ ।
(४) यस दफा विपरीत काम गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।